२०८१ श्रावण १२

पोखराद्धारा वीरगञ्ज युनाइटे २–१ गेलले पराजित

काठमाडौं, नेपाल सुपर लिग एनएसएल फुटबलमा वीरगञ्ज युनाइटेडलाई हराउँदै पोखरा थन्डर्स दोस्रो स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा भएको प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा पोखराले वीरगञ्ज युनाइटेलाई २–१ ले हरायो । पोखरालाई जिताउन जोए आइडु र स्टेफेन कोजो एनोरले गोल गरे ।
जोए आइडुले खेलको छैटौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् । त्यसपछि मोसेसलले हान्ने खोजेको बल वीरगंजका खेलाडीले थोरै क्लियर गरे पनि बक्स बाहिर आइडुले भेटे र उनले कन्ट्रोल गर्दै सिधा प्रहार गरेको बलले जाली चुम्यो । वीरगञ्जका किपर दीप कार्कीले रोक्ने अवसर पाएनन् ।
त्यसको ५ मिनेट पछि नै वीरगञ्जले बराबरी गोल फर्कायो । सुशील लामाको प्रहार गरेको फ्रिकिकमा अकिन्स के बाफोउरले हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर पहिलो हाफको अन्त्यतिर स्टेफेन कोजो एनोरको क्रसमा मोसेस ग्याबाहले हेड गोल गर्दै पोखरालाई २–१ को अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफमा दुवै टिमले गोल गर्न केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् र खेल पोखराले जित्यो ।
यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भए पनि पोखरा गोल अन्तरमा पछि छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।