२०८१ श्रावण १२

पेट्रोल, डिजेल र मट्टितेलको भाऊ धट्यो

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । घटाइएको नयाँ मूल्य शनिबार राती १ बजेदेखि लागू हुनेछ ।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपियाँ मूल्य घटाएको जनाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रुपियाँ पर्नेछ ।