२०८० फाल्गुन १४

शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने ।

काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।


उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।
त्यस्तै, ज्याबहाल, चिकुमंगल, झोसे, ओमबहाल, भोटेबहाल, यंगाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बांगेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रंगशाला अगाडि, न्यूरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिँदै प्राधिकरणले आज एक सूचनामार्फत त्यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।