२०८१ श्रावण १२

विश्वव्यापी समर्थन होस् वा नहोस् गाजामा युद्ध जारी रहनेछ ः इजरायली प्रधानमन्त्री

काठमाण्डौँ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्धको लडाइँलाई ‘विश्व दबाब’ले पनि रोक्न नसक्ने बताएका छन् ।
प्रधानमन्त्री नेतन्याहुले सोसल मिडिया प्लेटफर्म एक्समा एक भिडियो शेयर गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘मैले मैदानमा रहेका कमाण्डरहरू यो लडाइँलाई अन्तिम समयसम्म जारी राख्नेछौं भनी भनेको छु । र यसमा कुनै प्रश्न नै छैन । हाम्रा सिपाहीहरू गुमाउनुको ठूलो पीडा र अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि म यो भन्दैछु ।’
यसअघि गाजामा युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभामा पारित भएको थियो । यस अवसरमा इजरायली विदेशमन्त्री एली कोहेनले हमास विरुद्धको युद्ध ‘विश्वव्यापी दबाब र विश्वव्यापी दबाब बिना’ दुवै परिस्थितिमा जारी रहने बताए ।
अहिलेको चरणमा युद्धविराम आतंकवादी संगठन हमासका लागि उपहार हो, यदि युद्ध रोकियो भने हमास फर्कनेछ र इजरायलीहरूका लागि पुनः खतरा बढ्ने विदेशमन्त्री एली भने ।’
हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोष जुटाउने कार्यक्रममा इजरायलले गाजामा अन्धाधुन्ध बम आक्रमण गरेर विश्वव्यापी समर्थन गुमाउँदै गएको बताएका थिए ।
इजरायललाई निर्देशन दिँदै अमेरिकी राष्ट्रपति बाइडेनले भनेका थिए, ‘अमेरिका इजरायलको साथमा छ। युरोपियन युनियन साथमा छ अनि विश्वका अधिकांश देश साथमा छन् । तर उनीहरूले अन्धाधुन्ध बम आक्रमणका कारण विश्वव्यापी समर्थन गुमाउँदैछन् ।’