२०८१ श्रावण १२

राष्ट्रियसभा उम्मेद्वार सिफारिस गर्न प्रदेश समितिलाई काँग्रेसको निर्देशन

काठमाडौं, नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि उम्मेद्वार सिफारिस गर्न प्रदेश समितिहरुलाई निर्देशन दिएको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सात दिन भित्र उम्मेद्वारको नाम पठाउन निर्देशन दिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । प्रत्येक प्रदेशबाट ३ जनाको नाम सिफारिस गर्न प्रदेश समितिलाई निर्देशन दिने निर्णय बैठकमा भएको केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।
प्रदेश समितिबाट आएका नाममाथि केन्द्रीय समितिमा छलफल गरेर निर्णय लिइने कांग्रेसले जनाएको छ ।
कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन गर्न पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गते चुनाव हुँदैछ ।
फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।