२०८१ श्रावण १२

नेपाली कांग्रेसको कार्यसम्पादन बैठ बस्दै

नेपाली कांग्रेसको कार्यसम्पादन बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो सवा १२ बजे बैठक बस्ने तय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
माध ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता, महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषय गरी बैठकका लागि तीन एजेन्डा तोकिएको छ ।
कांग्रेसको महासमिति बैठक पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको थियो ।
मंसिर १३ गतेको पदाधिकारी बैठकमा सभापति देउवाले पुसको ठण्डीमा बैठक नगरौं भनेपछि महासमिति बैठक तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा अन्योल देखिएको छ।