२०८१ श्रावण १२

५० औं खेल खेलाउदैं एनएसएल, ललितपुर र झापा मैदान उत्र्ने

काठमाडौं, नेपाल सुपर लिग (एनएसएल) अन्तरर्गत आज ललितपुर सिटी एफसी र झापा एफसीबीच हुंदैछ ।
राजधानीमा दोस्रो संस्करणको एनएसएल चलिरहेको छ । आज हुने खेल एनएसएलको ५० औं खेल हुनेछ । २०७८ सालमा भएको पहिलो संस्करणमा कूल २५ खेल भएको थियो । त्यसमा ७ टोली मात्र सहभागी थिए । यस पटक सहभागी संख्या बढेर ९ पुगेको छ र लिग चरणको खेल चलिरहेको छ ।
ललितपुर र झापाबीचको खेल यस सिजनको २५औं खेल हुनेछ भने समग्रमा ५०औं खेल हुनेछ ।
ललितपुर पहिलो संस्करणमा तेस्रो भएको थियो । झापा एफसी दोस्रो संस्करणमा थपिएको तीन नयाँ टोली मध्ये एक हो ।