२०८१ श्रावण १२

एनसेल खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता छ : ओली

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाएका छन् ।
महाकाली–मेची अभियान अन्तर्गत बिहीबार तेह्रथुममा आयोजित सभालाई सम्बोधन गर्दै उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नताबिना बेचिन नसक्ने दाबी गरे ।
अध्यक्ष ओलीले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको जिकिर समेत गरे ।
चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको उनको भनाइ थियो । उनले नागरिकहरुले सरकारको संलग्नत छ भने पनि सरकार बोल्न नसकेको बताए ।