२०८१ श्रावण १२

२० औँ हस्तकला व्यापार मेला सुरु

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्धनका लागि व्यवसायमैत्री कानुन बनाउन आवश्यक रहेको बताएका छन ।
हस्तकला दिवसको अवसरमा काठमाण्डौमा भएको २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् संव्र्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र भएको बताए । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सकिने पनि बताए ।


हस्तकला उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने आपूmलाई लागेको बताए ।’
प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक हेको बताए । उनले भने–‘हाल करिब ८५ देशमा हस्तकला उद्योग व्यवसायबाट उत्पादित वस्तुहरूको निकासी भएको छ भने कतिपय देशहरूमा निकासी गर्न बाँकी रहेको बताए ।


राष्ट्रपति पौडेलले प्रदर्शनीमा राखिएका विभिन्न स्टलहरूको अवलोकन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उत्कृष्ट हस्तकला निर्यातकर्तालाई सम्मान गरेका थिए ।