२०८१ श्रावण १२

भाटभटेनी सुपरमार्केटको एक महिने “विन्टर अफर

काठमाडौँ, भाटभटेनी सुपरमार्केटले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने “विन्टर अफर” सार्वजनिक गरेको छ ।
सुपरमार्केटले दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत, विद्युतीय सामग्रीमा २० प्रतिशत र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यसैगरी, पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने छ । विद्युतीय सामग्री खरिद गर्दा २०, दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत र अरू जुनसुकै सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था मिलाएका छौँ । यो योजना पुस १ गतेदेखि एक महिनासम्म लागु हुनेछ ।
भाटभटेनी सुपरमार्केटका २६ वटै स्टोरबाट यो योजनाको फाइदा लिन सकिनेछ । सुपरमार्केटमा अहिले एक लाख पचास हजार भन्दा बढी प्रकारका सामग्री रहेका छन् । यी सबै प्रकारका सामग्री खरिदमा ’विन्टर अफर’मा दिइएको छुट प्राप्त गर्न सकिने सुपर मार्केटले जनाएको छ ।