२०८१ श्रावण १२

आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने

काठमाडौँ, काठमाडौँमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ ।
यसअघि हिजो साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको थियो । वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने इलामले लिएको थियो । इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।
तर इलामको अग्रता लामो समयसम्म टिक्न सकेन । वीरगञ्जका भिषण गुरुङले खेलको ३३ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बरारीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जीत पक्का गरे ।
जीतसँगै वीरगञ्जको पाँच खेलमा ५ अङ्क छ भने इलामको ६ खेलमा ४ अङ्क रहेको छ ।