२०८१ श्रावण १२

युनाइटेड च्याम्पियन्स लिगबाट बाहिर

काठमाडौं, म्यान्चेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
मंगलबार भएको खेलमा बायर्न म्यु्निख १–० गोल अन्तरले पराजित भएसंगै च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेड निरिह बन्यो । समूह ‘जी’ को खेलमा बार्यनलाई जित दिलाउन किङ्सले कोम्यानले निर्णायक गोल गरका थिए ।
खेलको ७०औं मिनेटमा गरेको गोल नै बायर्नका लागि जित दिलाउन प्रयाप्त बन्यो । जितसँगै बार्यनल समूह चरणमा अपराजित बन्यो ।
बायर्नले ६ खेलबाट १६ अंक जोडेर अपराजित रह्यो । यता पराजित युनाइटेडले ६ खेलबाट ४ अंक जोडेर समूह चरणबाटै बाहिरियो ।