२०८१ श्रावण १२

पोखराको न्यायिक समिति सदस्य श्रेष्ठमाथि घेस लिएको आरेप, पदबाट राजीनाम

पोखरा, पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठमाथि घेस लिएको आरेप लागेपछि राजीनामा दिएकी छिन् ।
पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो । रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा विचाराधिन छ ।

उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य श्रेष्ठले २ लाखको चेक लिएको आरोप लागेको हो । श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने बताएकी थिइन् । उपमेयर गुरुङले उक्त आरोपको खण्डन गरेकी छिन् ।
घुस लिएको कुरा सार्वजनिक भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएकी छिन् । शनिवार नै उनले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा पत्र पठाएको बताइएको छ । विशेष परिस्थितिका कारण राजीनामा दिएको भनेर उनले पत्र पठाएको उपमेयर तथा न्यायिक समितिकी संयोजक गुरुङले बताइन् ।
‘राजीनामा पत्र आएको छ । विशेष परिस्थितिको कारण भन्नुभएको छ, अरु कारण खुलेको छैन,’ उनले भनिन् ।