२०८१ श्रावण १२

पाँच दलले गराए दल दर्ता : राष्ट्रियसभा निर्वाचन

काठमाडौँ, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् ।
राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् । आयोगका एक पदाधिकारीका अनुसार नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल सोमबारसम्म दल दर्ताका लागि आयोग पुगेका छैनन् ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो । दल दर्ताका मंसिर २९ गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।