आज पोखरा र काठमाडौं खेल्दै
काठमाडौं, नेपाल सुपर लिग–२०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ ।
पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो । तर पोखरा यस सिजन अपराजित शीर्ष चारमा छ । चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।
काठमाडौं विरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ । पछिल्लो खेलमा नविन न्यौपाने निलम्बनका कारण टचलाइनमा थिएनन् तर पोखराले स्पोर्टिङ इलामलाई हराएर ३ अंक जोडेको थियो ।
उता साविक विजेता काठमाडौंले भने यस सिजन सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । चार खेल खेलिसक्दा काठमाडौंले जम्मा एक खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ । पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग पराजित भएको काठमाडौं फेरि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्