२०८१ श्रावण १२

आज पोखरा र काठमाडौं खेल्दै

काठमाडौं, नेपाल सुपर लिग–२०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ ।
पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो । तर पोखरा यस सिजन अपराजित शीर्ष चारमा छ । चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।
काठमाडौं विरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ । पछिल्लो खेलमा नविन न्यौपाने निलम्बनका कारण टचलाइनमा थिएनन् तर पोखराले स्पोर्टिङ इलामलाई हराएर ३ अंक जोडेको थियो ।
उता साविक विजेता काठमाडौंले भने यस सिजन सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । चार खेल खेलिसक्दा काठमाडौंले जम्मा एक खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ । पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग पराजित भएको काठमाडौं फेरि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।