२०८३ भाद्र २०
इरानद्धारा अवैध अफगान आप्रवासी निष्कासन
खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवैध अफगान आप्रवासीलाई इरानबाट निष्कासन गरिएको जनाएको छ ।
खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिनुपर्नेमा जोड दएको छ । उहाँले गैरकानुनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानुनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने जनाएको छ ।

पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ । हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेको थियो । शरणार्थीका लागि संयुक्त राष्ट्रसघीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसख्याको ६ प्रतिशत अफगानी नागरिक छन ्।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्