२०८१ श्रावण १२

इरानद्धारा अवैध अफगान आप्रवासी निष्कासन

खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवैध अफगान आप्रवासीलाई इरानबाट निष्कासन गरिएको जनाएको छ ।
खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिनुपर्नेमा जोड दएको छ । उहाँले गैरकानुनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानुनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने जनाएको छ ।


पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ । हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेको थियो । शरणार्थीका लागि संयुक्त राष्ट्रसघीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसख्याको ६ प्रतिशत अफगानी नागरिक छन ्।