२०८१ श्रावण १२

बालाचतुर्दशी पर्व आज (आइतबार) बेलुकीदेखि शुरु, सुरक्षा व्यवस्ता कडा

काठमाडौँ, प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज (आइतबार) बेलुकीदेखि हुँदै छ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज (आइतबार) राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर जागराम बस्ने चलन रहिआएको छ । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ ।
बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बतए । “मृतकका आफन्तजनले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर जागराम बसेर महादीप बाली भजनकीर्तन र लोकझाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा उनले बताए ।” मृतका सदस्यले दिवङ्ग आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किरातेश्वर आदि ठाउँमा शतबीज छर्ने गरेको उल्लेख गरे ।
शतबीज छर्ने वा महाद्धिप बाल्न आउने भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था, टेन्ट, पाल तथा पार्किङ मिलाइएको जानकारी दिए  । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना हुन नदिन, मदिराजन्य पदार्थ बिक्री वितरणलगायतका गतिविधिमा निगरानी राख्न विशेष सुरक्षा टोली परिचालनका साथै ठाउँ ठाउँमा सीसी क्यामरा जोडिएको पनि बताए । कोषले बालाचतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरवरपरका क्षेत्रमा माछा मासु, जाडँ रक्सी र अन्य नशालु लागुपदार्थ सेवन तथा बिक्री–वितरणमा रोक लगाइएको जनाएको छ ।