२०८१ श्रावण १२

१७ औँ सूर्यक्रिरण संयुक्त सैन्य अभ्यास सम्पन्न, अभ्यासमा सहभागी नेपाली सैनिक स्वदेश फिर्ता

काठमाडौँ, नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्य किरण संयुक्त अभ्यास सम्पन्न भएको छ ।
गत मङ्सिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो । नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३ सय ३४ जनाको सहभागिता रहेको सूर्यकिरण संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतंकवाद, जोखिम व्यवस्थापनमा आधारित थियो ।


नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७ औँ संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिनु भएको थियो ।
अभ्यास समापन पश्चात् शुक्रबार नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ ।