२०८१ श्रावण १२

नेपाली कांग्रेस, मधेश प्रदेश सम्मेलनको तयारीमा

नेपाली कांग्रेस, मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलन गर्न लागेको छ ।
आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा मूल आयोजक समिति र सदस्यमा प्रदेश समितिका पदाधिकारी, सदस्य, पार्टीका जिल्ला सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, मधेश प्रदेश नगरपालिका महासघ अध्यक्ष र गाउँपालिका महासघका अध्यक्ष, भ्रातृ संगठनका शुभेच्छुक सघ–संस्थाका प्रमुख छन् ।
त्यस्तै, कोषाध्यक्ष प्रदिपकुमार यादवको संयोजकत्वमा गठित अर्थ समितिमा सदस्य सहमहामन्त्री जयनारायणप्रसाद यादव तथा सदस्यमा ममता महतो, सितलप्रसाद यादव, रामबाबु साह रहनुभएको छ ।
यस्तै, प्रदेश सभा सदस्य नागेन्द्रप्रसाद साहको संयोजकत्वमा गठित आर्थिक व्यवस्थापन समितिका सदस्यमा सहमहामन्त्री बिन्दुकुमारी यादव, प्रदेश सभा सदस्य शेषनारायण यादव, प्रचार विभाग प्रमुख नीतेशकुमार गुप्ता, प्रदेश सदस्यहरु पाण्डव मण्डल, सुनिल ठाकुर, सोनी बोम्जन, राजेश गिरी र गाउँपालिका महासघ अध्यक्ष जवाहर यादव छन् ।
प्रचार–प्रसार समितिका संयोजक नीतेशकुमार गुप्ता र सदस्यमा सूचना सञ्चार तथा प्रचार–प्रसार विभाग सदस्यलाई पनि राखिएको छ । स्वयंसेवक परिचालन समितिका संयोजकमा भ्रातृ सघ समन्वय विभाग प्रमुख सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।
राजनीतिक, सांगठनिक प्रस्ताव एवं प्रतिवेदन तर्जुमा गर्न महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठलाई र आर्थिक प्रतिवेदन तर्जुमा गर्न प्रदेश कोषाध्यक्ष प्रदीपकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको मुख्य सचिव सन्तुप्रसाद यादवले जानकारी दिए ।