२०८१ श्रावण १२

तृणमुल कांग्रेस सांसद मोइत्रा लोकसभाबाट निष्कासित, पैसा लिएर प्रश्न सोधेको आरोप

काठमाडौं, पैसा लिएर प्रश्न सोधेको आरोपमा तृणमुल कांग्रेसकी सांसद महुआ मोइत्रालाई भारतको लोसकभाबाट निष्कासन गरिएको छ ।
शुक्रबार बसेको लोकसभा बैठकले एथिक्स कमिटीको रिपोर्ट पास गरेको हो, जसमा मोइत्रालाई लोकसभाबाट निष्कासित गर्न सुझाव दिइएको छ ।
‘सदनले कमिटीको निष्कर्षलाई स्वीकार गर्छ एक सांसदका रुपमा महुआ मोइत्राको आचरण अनैतिक र अनुचित थियो र उनलाई सांसद राखिराख्नु अनुपयुक्त भएको लोकसभाका सभामुख ओम बिरलाले भने ।’
निर्णय सार्वजनिक गर्न अधि रिपोर्टमाथि छलफल गर्नुपर्ने र मोइत्रालाई आफ्नो धारणा राख्न दिनुपर्ने माग सभामुखले अस्वीकार गरेका थिए । त्यसपछि एथिक्स कमिटीका प्रमुख विनोदकुमार सोनकरले रिपोर्ट पेश गरे ।
कांग्रेस र तृणमुल कांग्रेसका सदस्यहरुले रिपोर्ट दिनुपर्ने माग गर्दै नाराबाजी गरे । बैठकको अध्यक्षता गरिहेका बीजेपी सांसद राजेन्द्र अग्रवालले बैठक स्थगित गरे ।


लोकसभामा कांग्रेसका नेता अधीररञ्जन चौधरीले सभामुख बिरलालाई पत्र लेखेर छलफलका लागि ३–४ दिन समय माग गरे । तर उनको माग सुनुवाइ भएन ।
विपक्षीको बहिस्कारका बीच बसेको बैठकले मोइत्रालाई निष्कासन गर्ने सिफारिस स्वीकार गरेको हो । माइत्राले भने एथिक्स कमिटीलाई निष्कासनको सिफारिस गर्ने अधिकार नभएको दाबी गरिन् । म ४९ वर्षकी भएँ र आगामी ३० वर्षसम्म संसदभित्र र बाहिर तपाईंहरु विरुद्ध संघर्ष गर्ने छु उनले भनिन ।


तृणमुल कांग्रेसका नेता एवं पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बीजेपीले लोकतन्त्रलाई समाप्त गर्ने राजनीति गरिरहेको बताइन् । ‘४ सय ९५ पेजको रिपोर्ट पढ्नसम्म दिइएन, मोइत्रालाई आफ्नो मत राख्न दिइएन’ उनले भनिन्, ‘हामी राजनीतिक रुपमा लड्छौं । आउने चुनावमा जनताले जवाफ दिने उनले बताइन ।’