२०८१ श्रावण १२

राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै

काठमाडौं, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दै छ । समीक्षा स्वीकृतिका निम्ति सञ्चालक समितिको बैठक जारी छ ।
राष्ट्र बैंकका नुसार गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले हिजो दिउँसो समीक्षा पारित गरिसकेको छ । सञ्चालक समितिको बैठकबाट पारितपछि आजै पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक गर्ने राष्ट्रबैंकको तयारी छ ।
विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कात्र्तिक मसान्तभित्र सार्वजनिक गर्ने गरेको थियो । यो वर्ष करिब एक महिना ढिलो गरी सार्वजनिक गर्न लागेको हो ।