२०८१ श्रावण १२

नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र झापा भिड्दै

काठमाडौँ, नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको थियो । दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।
बराबरीसँगै बुटवलले चार खेलबाट चार अङ्क जोड्दा समान खेल खेलेको चितवनले पाँच अङ्क जोडेको छ ।