२०८२ फाल्गुन २०
उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा, सिग्देल प्रधान सेनापति हुने निश्चित
मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । नेपाली सेनाको जङ्गी अड्डाले मंसिर १७ गते उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । रक्षा मन्त्रीले जङ्गी अड्डाको सिफारिस मन्त्रिपरिषद्मा पेश गरेका हुन् । जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो ।
यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी तारा ध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए । पाण्डेको राजीनामा यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।
रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधान सेनापति हुने निश्चित भएको छ ।
-
१
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुराः प्रजिअ पौड्याल ।
-
२
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
-
३
निर्वाचन अवधिभर बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
४
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।


प्रतिक्रिया दिनुहोस्