२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

२४१५

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

४५४

काठमाडौंको मौसम बिहानैदेखि बदली, हवाई सेवा प्रभावित

काठमाडौं, काठमाडौंमा बिहानैदेखि मौसम बदली भएको छ । बादल लागेका कारण घाम लागेको छैन । आज बिहानैदेखि बादल लागिरहेको छ । बादल लागे पनि पानी भने काठमाडौंमा पर्ने सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटी बताइन । ् आज दिनभरमा केही समय घाम लाग्ने भए पनि धेरजसो समय बादलले नै ढाक्ने उनको भनाइ छ ।

काठमाडौं उपत्यकाको आज बिहान ८ बजेको अधिकत्म तापक्रम १९ दशमलव ६ र न्यूनतम ९ दशमलव ७ डिग्री सेलसियस रहेको थियो । मौसममा आएको बदलीका कारण हवाई सेवा समेत प्रभावित भएको । विहानीपख एक दुईवटा आन्तरिक उडान भएपनि हाल कुनै पनि उडान नभएको विमान स्थल आन्तरिक उडान कार्यालयले जनाएको छ । मौसममा आएको बदलावका कारण सबै उडानहरु डिले तालिकामा सारिएको आन्तरिक हवाई सेवा कार्यालयले जनाएको छ ।


कोसी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म आज बादल लागेको उनले जानकारी दिइन् । भोलिबाट भने मौसममा सुधार हुने उनको भनाइ छ ।
“पश्चिमी वायु र भारतको छत्तिसगढमामा बनेको निम्नचापीय प्रणालीका कारण नेपालको मौसममा बदली भएको हो,” मौसमविद् नगरकोटीले भनिन् ।