२०८१ श्रावण १२

एस्टन भिल्लाद्धारा सिटी १–० ले पराजित, जितसंगै एस्टन भिल्ला तेस्रो स्थानमा

इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
गएराति एस्टन भिल्लाले घरेलु मैदानमा १–० ले हराउँदै अंक तालिकामा सिटीलाई पछि पारेको हो । एस्टन भिल्लाले १५ खेलबाट ३२ अंक जोडेको छ । पराजित भएको सिटी ३० अंकसहित चौथो स्थानमा छ । खेलमा एस्टन भिल्लाका लियोन बेलीले ७४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । टियलीमेन्सको पासमा बेलीको प्रहार सिटीका एडरसनलाई लागेर गोल हुन पुगेको थियो ।
जारि लिगमा आर्सनलले शीर्षस्थान कायम गरेको छ भने लिभरपुल दोस्रो स्थानमा छ ।