२०८१ श्रावण १२

कालीमाटी तरकारी र फलफूल बजारको आजको बजार भाऊ

कालीमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल सानो गोलभेडाको मूल्य प्रतिकिलो २५ रूपैयाँले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार प्रतिकिलो न्यूनतम १० रूपैयाँमा कारोबार भएको लोकल सानो गोलभेडाको न्यूनतम मूल्य आज ३५ रूपैयाँ तोकिएको छ ।
उक्त गोलभेडाको अधिकतम मूल्य ४५ रूपैयाँ र औसत मूल्य ४० रूपैयाँ प्रतिकिलो तोकिएको छ ।
ठूलो गोलभेडाको मूल्य भने घटबढ भएको छैन । कालीमाटी बजार विकास समितिले ठूलो गोलभेडाको औसत मूल्य प्रतिकिलो ६५ रूपैयाँ प्रतिकिलो तोकेको छ ।
त्यस्त,ै भारतीय रातो आलुको औसत मूल्य प्रतिकिलो ५८ रूपैयाँ तोकिएको छ। मुडेको रातो आलुको औसत मूल्य प्रतिकिलो ४९ रूपैयाँ छ। सेतो आलुको प्रतिकिलो औसत मूल्य ३९ रूपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
त्यस्तै बन्दाको औसत मूल्य प्रतिकिलो ५५ रूपैयाँ, लोकल काउलीको २९ रूपैयाँ, ज्यापु काउलीको ३७ रूपैयाँ ५० पैसा, रातो मूलाको ५५ रूपैयाँ, सेतो मूला १७ रूपैयाँ ५० पैसा, तने बोडीको ४५ रूपैयाँ, मटरकोसा १७५ रूपैयाँ, लौका ४६ रूपैयाँ ६७ पैसा, पाकेको फर्सी ३५ रूपैयाँ, भिण्डी ६५ रूपैयाँ, पिंडालु ४६ रूपैयाँ ६७ पैसा, रायोको साग २५ रूपैयाँ, पालुंगो साग ९३ रूपैयाँ, कन्य च्याउ ७० रूपैयाँ, डल्ले च्याउ २६० रूपैयाँ, ब्रोकाउली ८६ रूपैयाँ, तामा ९६ रूपैयाँ, गुन्द्रुक २७५ रूपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै झोले स्याउको प्रतिकिलो औसत मूल्य २२५ रूपैयाँ प्रतिकिलो, फूजी स्याउ ३३५ रूपैयाँ, कागती १४० रूपैयाँ, अनार ४२५ रूपैयाँ, कालो अंगुर ४१० रूपैयाँ, नेपाली सुन्तला ८६ रूपैयाँ, लोकल काँक्रोको २० रूपैयाँ तोकिएको छ ।