कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउनु पर्नेः सांसद खिनु
कोशी प्रदेशको सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले लिम्बू र मैथिली भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न माग गरेको छ।
बुधबारको प्रदेशसभा बैठकमा दलका तर्फबाट विशेष समय लिएर बोल्दै एकीकृत समाजवादीकी सांसद खिनु लड्वा लिम्बूले भाषा आयोगको सिफारिस र संविधान अनुसार लिम्बू भाषा र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेकी हुन् ।
‘प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयक यसअघि नै अन्तिम चरणमा पुगिसकेको छ’, सांसद लिम्बूले भनिन्, ‘विधेयकलाई अघि बढाएर सरकारले कार्यान्वयनको चरणमा लैजानुपर्ने माग गरिन ।

भाषा आयोगले २०७८ सालमै सरकारलाई बुझाएको प्रतिवेदनमा त्यसबेलाको १ नम्बर प्रदेश (हालको कोशी) मा मैथिली र लिम्बू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन सुझाव दिएको थियो।
प्रदेशको कानुन र आर्थिक मामिला मन्त्रालयबाट स्वीकृति पाएर मन्त्रिपरिषदको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको भन्दै सांसद लिम्बूले विधेयकलाई चाँडो कार्यान्वयनमा लैजान माग गरेकी हुन् ।
‘भाषा आयोगको सिफारिस, संविधानको व्यवस्था र अघिल्ला सरकारहरूले गरेको तयारी अनुसार विधेयकलाई अन्तिम रूप दिएर कार्यान्वयन गर्न माग गर्दछु’, उनले भनिन्, ‘प्रदेशमा रहेका बहुसंख्यक नागरिकले बोल्ने भाषा सरकारी कामकाजको भाषामा समेटिनै पर्ने उनको जिक्किर छ ।
-
१
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
२
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।
-
३
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन अन्तिम चरणमा, भोलीसम्ममा नजिता प्रकाशित हुने ।
-
४
आजदेखि संसदको बर्खे अधिवेशन शुरु, सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने ।


प्रतिक्रिया दिनुहोस्