२०८१ श्रावण १२

परराष्ट्र सचिव पौड्यालद्धारा सेवाबाट अवकाश, निमित्तको जिम्मेवारी लम्साललाई

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् ।
“करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन् । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।