२०८१ श्रावण १२

सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीका अधिकृत सेनाको शिक्षालयमा

नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा यहि मङ्गसीर १८ गते सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा जवानहरुका लागि विशेष क्षमता अभिवृद्धिको उद्देश्य सहित प्रतिविद्रोह तालिमको थालनी भएको छ ।
माघ ४ गतेसम्म सञ्चालन हुने यस तालिममा अधिकृत–१०, जुनियर अधिकृत–१२ तथा बिल्लादारहरु–१३ गरी जम्मा–३५ जना सशस्त्र प्रहरीहरु सहभागी छन् ।
तालिमका अवधिमा प्रतिविद्रोह, प्रति आतङ्कवाद, क्ष्mउचयखष्कभम भ्हउयिकष्खभ म्भखष्अभ क्ष्भ्म् ज्बलमष्लिन, मनोवैज्ञानिक कारबाही, ईन्टेलिजेन्स तथा सहरी एवं ग्रामीण ट्याक्टिकल अपरेशन लगायतका विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिन नेपाली सेनाले जनाएको छ ।
त्यसैगरी तालिका अवधिमा कानून कार्यान्वयन गर्ने निकाय (ीबध भ्लायचअझभलत ब्नभलअथ) हरुको व्यवसायिक क्षमता बढाउन एवं ती निकायहरुसँग आन्तरिक तथा बाह्य सुरक्षा चुनौती लगायत विपद् व्यवस्थापन र महामारीका समयमा संयुक्त रूपमा परिचालित भई सञ्चालन गरिने कारबाहीको दौरान यस प्रकारका तालिमले सहयोग पु¥याउने विश्वास नेपाली सेनाले लिएको छ ।
सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीका अधिकृतको पेशागत दक्षता अभिवृध्दिका लागि नेपाली सेनाका विभिन्न शिक्षण संस्थाहरुमा विगतदेखि नै तालिम कार्यक्रमहरु आयोजना गरिँदै आएक नेपाली सेनाले जनाउको छ ।