२०८१ श्रावण १२

पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ ः सभापति देउवा

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सकिने दाबी गरेका छन् ।
मंगलबार ओखलढुंगामा कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन गर्दै सभापति देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुस्किल पर्ने पनि बताए ।
‘अहिले हाम्रो पार्टीको मात्रै सरकार बन्ने अवस्था छैन । एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ,’ देउवाले भने, ‘बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ ।’ ‘हाम्रो देश संघीयतामा गइसकेको छ । यो संघीयतालाई हामीले राम्रोसँग चलायौँ भने हाम्रो देशको विकास हुन सक्छ,’ उनले भने, ‘आदिवासी–जनजाति, महिला सबैको प्रतिनिधित्व हुने गरी हामीले संविधान पनि बनाएका छौं । तर, देशको विकास जसरी अगाडि बढ्नुपर्ने त्यसरी हुन नसकेको देउवाले बताए ।

सभापति देउवाले भने, ‘हामी आदिवासी जनजाति, महिला सबैले चाहेको जस्तो विकास गराउन प्रयास गरिरहेका छौँ । सबैको साझा अपनत्वसहितको देश निर्माण र विकास गर्न हामीले काम गर्ने बाँकी रहेको पनि उल्लेख गरे ।