२०८१ श्रावण १२

ललितपुर एफसीलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर

काठमाडौं, नेपाल सुपर लिग एनएसएलमा मंगलबार ललितपुर सिटी एफसी र बिरगञ्ज युनाईटेड एफसीबीच प्रतिस्पर्धा हुदैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । लाखे टिम ललितपुरलाई लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ । ललितपुर ५ अक सहित दोस्रो स्थानमा छ । बिरगञ्जलाई हराएको खण्डमा ललितपुरले शीर्ष स्थानको धनगढीलाई दोस्रो स्थानमा झार्न सक्छ, आफु शीर्ष स्थानमा उक्लिन सक्छ । सुरुवाती दुई खेलमा हार ब्यहोरेको बिरगञ्ज अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।
ललितपुरले अघिल्लो खेलमा लगातार दुई खेलमा जित निकालेको धनगढीलाई रोक्न सफल भएको थियो । ललितपुरले भने पछिल्लो तीन खेलमा १ मा जित र २ खेलमा बराबरीको नतिजा निकालेको छ । ललितपुरको ५ अंक र शीर्ष स्थानको धनगढीको ७ अंक छ ।
नवप्रवेशी बिरगञ्जले एनएसएलमा लय भेट्टाउन सकेको छैन । बिरगञ्जसँग घरेलु फुटबलका परिचित अनुहार छन्, तर नतिजा देखिएको छैन । घरेलु फुटबलमा प्राप्त अनुभव बिरगञ्जको एनएसएलमा लागु हुन सकेको छैन । प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिरगञ्जले हारको श्रृङ्खलालाई ब्रेक गर्न कोशिश गर्नु पर्नेछ ।