२०८१ श्रावण १२

मिचाउङबाट भारतमा पाँचजनाको मृत्यु, १५० उडान प्रभावित, सम्र्पूण यातायात ठप्प

बंगालको खाडी क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।
आँधीका कारण चेन्नईमा भारीवर्षा भइरहेको भारतीय सञ्चारमाध्यले जनाएको छ । अविरल वर्षा र उत्पन्न अवस्थाका कारण हालसम्म पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने पाँचजनामध्ये दुईजनाको करेन्ट लागेर र एकजनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुईजनाको मृत्युको कारण खुल्न सकेको छैन ।


प्रतिकूल अवस्थाको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नईलगायत केही जिल्लामा बिदा दिएको छ । राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् ।