२०८१ श्रावण १२

नेकपा एकीकृत समाजवादीको महाधिवेशन पछि सर्ने निश्चित, मंसिर १८ गते सचिवालय बैठक बस्दै 

नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन पछि धकेलिने निश्चित भएको छ ।
एकीकृत समाजवादीको गत भदौ ७ गतेको केन्द्रीय कमिटीले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।
काठमाडौंमा गर्ने भनिएको पहिलो महाधिवेशन राष्ट्रिय सभाको निर्वाचनको कारण धकेलिने सम्भावना बडेको हो ।‘राष्ट्रिय सभाको निर्वाचनका कारण महाधिवेशन अलिक पछाडि सर्छ । त्यसबारे आगामी सचिवालय बैठकमा छलफल हुने नेता सुरेन्द्र पाण्डेले बताए ।
उपमहाचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले पनि महाधिवेशन सर्ने सम्भावना रहेको बताए ।
‘महाधिवेशन पर सारेर राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित हुनुपर्ने देखिएको ’ उनले भने ।
यसैबीच एकीकृत समाजवादीले मंसिर १८ गते सचिवालय बैठक बोलाएको छ ।सचिवालय बैठकमा महाधिवेशन, विवादित अन्तरपार्टी निर्देशन र राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने खतिवडाले जानकारी दिए