२०८१ श्रावण १२

रियल मड्रिडद्धारा नापोली पराजित, जितसंगै रियल लिगको नक आउटमा प्रवेश

च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई हराएको छ ।
सान्टियागो बर्नब्युमा गएराति भएको खेलमा नापोली रियलसँग ४–२ गोलले स्तब्ध भएको हो । रियलको जितमा रोद्रिगो, ज्युड बेलिंघम, निको पाज र जोसलुले एकरएक गोल गरे । खेलको ९ औं मिनेटमा नापोलीका जियोवानी शिमोनको गोललाई ११ औं मिनेटमा रियलका रोद्रिगोले बराबरी बनाएका थिए।
त्यसपछि २२ औं मिनेटमा बेलिंघमले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अवस्थामा पु¥याएका थिए ।


दोस्रो हाफको ४७ औं मिनेटमा नापोलीका आन्द्रे फ्र्यांकले गोल गर्दै खेललाई बराबरीको अवस्थामा र्पुयाए। ८४ औं मिनेटमा निको पाजले गोल गर्दै रियललाई पुनः अग्रता दिलाउँदै ३(२ को अवस्थामा पु¥याए । त्यसपछि इन्ज्युरी समयमा बेलिंघमको असिस्टमा जोसलुले गोल गर्दा रियल ४–२ ले विजयी बनेको हो ।
जितसँगै समूह चरणको एक खेल अगावै रियल च्याम्पियन्स लिगको नक आउटमा प्रवेश गरेको छ । रियल समूह चरणमा अहिलेसम्म अपराजित छ ।