२०८१ श्रावण १२

एनसेलको विदेशी लगानीकर्ता आजियाटाद्धारा नेपालबाट बाहिरिने घोषणा

काठमाडौं । एनसेलको मुख्य कम्पनी आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको छ
नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले बताएको हो ।
आजियाटा समुहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने भएसँगै कम्पनीको ८० प्रतिशत सेयर बिक्रीको प्रक्रिया थालेको बताएका छन् ।
एनसेलमा मलेसियाको आजियाटा समुह बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ ।
नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो । सन् २०२२÷२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
एनसेलले सन् २०२०÷२१ मा एनसेलले ४० अर्ब ४२ करोड र २०२१÷२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् रुपैयाँको व्यापार गरेको थियो ।