परराष्ट्रमन्त्री कतार जाने, हमासद्धारा बन्धक विपिन जोशीको रिहाइको पहल गर्ने
काठमाडौं, परराष्ट्रमन्त्री एनपी साउद हमासको बन्धकमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि कतार जाने भएका छन् ।
विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ गते कतार जान लागेका हुन् । यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते (बिहीबार) परराष्ट्रमन्त्री जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।
परराष्ट्रमन्त्री साउदले गृहजिल्ला कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवाआमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा परराष्ट्रमन्त्री साउद दोहा २१ औं फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्