बार्सिलोना च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलमा, शख्तयरले रोयलद्धारा एन्टवर्प १–० ले पराजित ।
काठमाडौं, बार्सिलोना च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार घरेलु मैदानमा एफसी पोर्टोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको हो । खेलमा अग्रता पाहुना टोली पोर्टोले खेलको ३० औं मिनेटमा एक्विनो कोसाको गोलमा लिएको थियो ।
त्यसको दुई मिनेटमै कान्सेलोले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा जोआओ फिलिक्सले बार्सिलोनाका लागि विजयी गोल गरे । नकआउट चरण पुग्न समूह एमा बार्सिलोनाले ५ खेलबाट १२ अंक जोड्यो । एक खेल खेल्न बाँकी रहेको समूहमा उसले पोर्टोसँग तीन अंकको अग्रतालाई कायम राख्यो ।
सोही समूहको अर्को खेलमा शख्तयरले रोयल एन्टवर्पलाई १–० ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।

पोर्टो ९ अंक सहित दोस्रो र शख्तर डोनेस्क पनि ९ अंक सहित तेस्रो स्थानमा छ । अन्तिम खेलको नतिजाले यि दुई टिमको नकआउट चरण पुग्ने भाग्यको फैसला गर्नेछ । अंक विहीन एन्टवप तालिकाको पुछारमा छ ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्