२०८१ श्रावण १२

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलमा, शख्तयरले रोयलद्धारा एन्टवर्प १–० ले पराजित ।

काठमाडौं, बार्सिलोना च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार घरेलु मैदानमा एफसी पोर्टोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको हो । खेलमा अग्रता पाहुना टोली पोर्टोले खेलको ३० औं मिनेटमा एक्विनो कोसाको गोलमा लिएको थियो ।
त्यसको दुई मिनेटमै कान्सेलोले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा जोआओ फिलिक्सले बार्सिलोनाका लागि विजयी गोल गरे । नकआउट चरण पुग्न समूह एमा बार्सिलोनाले ५ खेलबाट १२ अंक जोड्यो । एक खेल खेल्न बाँकी रहेको समूहमा उसले पोर्टोसँग तीन अंकको अग्रतालाई कायम राख्यो ।
सोही समूहको अर्को खेलमा शख्तयरले रोयल एन्टवर्पलाई १–० ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।

Soccer Football – Champions League – Group H – Shakhtar Donetsk v Royal Antwerp – Volksparkstadion, Hamburg, Germany – November 28, 2023 Shakhtar Donetsk’s Mykola Matviyenko scores their first goal REUTERS/Cathrin Mueller

पोर्टो ९ अंक सहित दोस्रो र शख्तर डोनेस्क पनि ९ अंक सहित तेस्रो स्थानमा छ । अन्तिम खेलको नतिजाले यि दुई टिमको नकआउट चरण पुग्ने भाग्यको फैसला गर्नेछ । अंक विहीन एन्टवप तालिकाको पुछारमा छ ।