२०८१ माघ ४

सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल, सचिवमा दवाडी नियुक्त

काठमाडौँ, सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।