२०८१ श्रावण १२

नेपाली कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दै, सबैभन्दा पहिला लुम्बिनी प्रदेशले सम्मेलन गर्ने

काठमाडौं, नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन गर्न लागेको कांग्रेसले जनाएको छ।
सबैभन्दा पहिला लुम्बिनी प्रदेशले सम्मेलन गर्ने भएको छ। लुम्बिनी प्रदेश कार्यसमितिले मंसिरको १६ र १७ गतेका लागि सम्मेलनको मिति तोकेको छ।
सम्मेलन लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा हुने नेपाली कांग्रेस लुम्बिनीले जनाएको छ । सम्मेलनको उद्धघाटन नेपार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनमा पार्टीका शीर्ष तहका नेताहरु उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ,दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायत सहभागी हुँदैछन् । लुम्बिनी प्रदेशका ५सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।
पहिलो दिन उद्धघाटन र दोस्रो दिन बन्द सत्रको कार्यतालिका तय गरिएको छ। बन्दसत्रमा आर्थिक,सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने नेपाली कांग्रेसले जनाएको छ।