२०८१ श्रावण १२

संघर्षविराम दुई दिन थपिएको कतार, हमास र अमेरिकाको भनाइ, इजरेल हालसम्म मौन

हमास र इजरेलबीचको अस्थायी संघर्षविराम अन्तर्गत लगातार चौथो रात पनि इजरेली बन्धकहरू र प्यालेस्टिनी कैदीहरू साटासाट गरिएको छ ।
स्थानीय समय अनुसार सोमवार मध्यरातमा इजरेली जेलबाट थप ३३ जना प्यालेस्टिनीहरूलाई रिहा गरिएको थियो । त्यसअघि हमासले फ्रान्स, जर्मनी तथा आर्जेन्टिनाका दोहोरो नागरिकता भएका समेत थप ११ जना इजरेली बन्धकहरूलाई मुक्त गरेको थियो । मुक्त हुने इजरेलीहरूमा तीन वर्षीय जुम्ल्याहा पनि छन्।


हमासले मुक्त गरेका इजरेलीको सख्या ५० भन्दा बढी भएको सोमवार राति इजरेलले जनाएको छ । उता, इजरेलले मुक्त गरेका प्यालेस्टिनी कैदी बन्दीहरूमा थप ३० जना बालबालिका र तीन जना महिलाहरू रहेको दाबी गरिएको छ ।

विपिन जोशीको अवस्था …. ?
हमासले बन्धकहरू छाडिरहेको भए पनि नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । अधिकारीहरूले वि पीनको रिहाईको पहल भइरहेको बताएका छन् भने परिवारका सदस्यहरूले आफूहरूको चिन्ता बढिरहेको बीबीसीलाई बताएका छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले हमाससँग सीधै कुराकानी गर्न आफूहरूसँग सम्पर्कको उपाय नरहेको तर उसँग नियमति कुारकानी गर्ने तथा मध्यस्थतामा संलग्न कतार मार्फत् जोशीको रिहाईक लागि पहल गरिएको बताएका छन् । नेपाल सरकारले इजिप्टलाई पनि पत्र लेखेरै उनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको बताइएको छ ।


संयुक्त राष्ट्रसघसहित सहायता निकायहरूले गाजामा पर्याप्त मात्रामा मानवीय सहायता पु¥याउन संघर्षविराम बढाइनुपर्ने बताएका छन् ।