२०८१ श्रावण १२

सातै प्रदेशका गृहमन्त्रीहरू काठमाण्डौंमा, प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउने

काठमाडौँ, प्रहरी समायोजन प्रक्रिया अधिबढ्न नसक्दा आपूmहरुलाई काम गर्न अप्ठ्ेरो परे गुनासो प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राख्न सातै प्रदेशका गृहमन्त्री काठमाण्डौँ आएका हुन ।
संघीय सरकारले प्रहरी समायोजन प्रक्रियामा गरेको ढिलाइले आफूहरूलाई काम गर्न अप्ठेरो परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।
मधेस प्रदेशका गृह, कानुन तथा सञ्चामन्त्री मोहम्मद समिमले आफ्ना समस्याहरू प्रधानमन्त्री र गृहमन्त्रीलाई राख्न आफूहरू काठमाडौँ आएका हौ’, गृहमन्त्री समिमले भने, ‘लिखित रूपमा प्रधानमन्त्रीलाई आफ्ना धारण राख्छौ ।’
उनले प्रधानमन्त्री प्रचण्डलाई दिउँसो २ बजे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटेर ज्ञानपन पत्र बुझाउने कार्यक्रम तय भएको छ । प्रदेश सरकारले लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन ।
प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा ल्याउन आनाकानी गरिरहेको प्रदेश सरकारहरूको गुनासो छ ।