२०८१ श्रावण १२

श्री एयरले डिसेम्बर १ देखि काठमाडौं–सुर्खेत उडान गर्ने

काठमाडौं, हवाई सेवा प्रदायक कम्पनी श्री एयरले काठमाडौं–सुर्खेत उडान गर्ने भएको छ । श्री एयरले डिसेम्बर १ देखि उडान सुरु गर्न लागेको हो ।
श्री एयरले काठमाडौं–सुर्खेत दैनिक एक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो । प्राधिकरणले उक्त क्षेत्रमा उडान गर्न स्वीकृति दिएको छ ।
काठमाडौं–सुर्खेत दैनिक एक उडानको लागि श्री एयरले अनुमति मागेकोमा प्राधिकरणले स्वीकृति दिएको प्राधिकरणको सह–प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
कलसाइन क्यू४००–८ रहेको ८० सिटे जहाजबाट काठमाडौं–सुर्खेत उडान गर्ने श्री एयरका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
प्रवक्ता मानन्धरका अनुसार श्री एयरले बिहान ७ः१५ बजे काठमाडौंबाट सुर्खेत उडान गर्नेछ । माग बढेपछि उडान संख्या पनि बढाउने मानन्धरले बताए । हाल उक्त क्षेत्रमा बुद्ध एयरले दैनिक दुई उडान गर्दै आएको छ ।