२०८१ श्रावण १२

नेपाली बजारमा तरकारीको मुल्य घट्दो, किसान भने लगानी डुब्ने त्रासमा

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजारमा काउलीको थोक मूल्य प्रतिकिलो १० रुपैयाँ कायम भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार आज स्थानीय काउलीको मूल्य प्रतिकिलो १० रुपैयाँ कायम छ । यस्तै, ज्यापु काउलीको थोक मूल्य प्रतिकिलो १८ रुपैयाँ कायम छ ।
लोकल बन्दाको मूल्य प्रतिकिलो ३५ रुपैयाँ, लोकल गाँजरको मूल्य प्रतिकिलो ५५ रुपैयाँ र रातो मूलाको मूल्य प्रतिकिलो २२ रुपैयाँ छ । यस्तै, सुकेको प्याजको थोक मूल्य ९२ रुपैयाँ, सेता आलु ३७ रुपैयाँ र रातो आलु ४८ रुपैयाँ कायम छ ।
यस्तै, आज ठुलो नेपाली गोलभेँडाको बिक्री मूल्य ८५ रुपैयाँ हुँदा भारतीय गोलभेँडाको १०३ रुपैयाँ छ । यस्तै, सानो गोलभेँडा १९ रुपैयाँमा बिक्री हुँदा टनेल गोलभेँडाको बिक्री मूल्य समेत ३२ रुपैयाँ कायम छ । यसबाहेक, विकास समितिका अनुसार आज लाम्चो भन्टा २०, डल्लो भन्टा ३५ रुपैयाँ र बोडी ६५ रुपैयाँ छ ।
मटर कोसाको थोक मूल्य ७६ रुपैयाँ, घिउ सिमी २५ रुपैयाँ, टाटे सिमी ६५ रुपैयाँ र तिते करेलाको थोक मूल्य ६५ रुपैयाँ छ । यसबाहेक, लौका ३० रुपैयाँमा बिक्दा परवर ५५ रुपैयाँमा बिक्री रहेको समितिले जनाएको छ ।