२०८१ श्रावण १२

नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै

काठमाडौं, नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज साविक विजेता काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच खेल हुँदैछ ।
आजको खेल दुवै टिमको यस सिजन यो दोस्रो खेल हुनेछ । काठमाडौंले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराएर विजयी सुरुवात गरिसकेको छ ।
उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवन भने पहिलो खेलमा पोखरा थण्डर्ससँग १–० ले पराजित भएका छन् ।
चितवन एनएसएलमा ७ खेल खेल्दा अहिलेसम्म जितविहीन छ । काठमाडौं र चितवनबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा हुनेछ ।