२०८१ श्रावण १२

सहायक रथी नारायण सिलवाल उपरथीमा बढुवा

काठमाडौँ, प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यामलय जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच शर्माले सिलवाललाई बढुवाको फुली लगाइदिएका हुन् । प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।