२०८१ श्रावण १२

अक्टोबर महिनामा एक लाख १७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए, पर्यटन व्यवसायी उत्साही

काठमाडौँ, पछिल्लो समय बढ्दो पर्यटन गतिविधिसँगै आन्तरिक तथा वाह्य पर्यटकको आगमन ह्वात्तै बढेको छ ।
काठमाडौँ आसपासका पाँचपोखरी, सैलुङ, कालिञ्चोक, लाङ्टाङ मध्यवर्ती क्षेत्र–गोसाइँकुण्ड, रुविभ्याली लगायतका क्षेत्रमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लागेको छ । यस्तै केही लामो दुरीका कम्तीमा एक हप्ता समय लाग्ने ट्रेकिङ रुटहरू मार्दी, अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक–पुनहिल, मनाङको तिलिचोदेखि कर्णालीको रारासम्म पर्यटकको घुइँचो नै लागेको छ ।


अक्टोबर–नोभेम्बर महिना पर्यटनको मुख्य सिजन लागेसँगै विदेशीसहित आन्तरिक पर्यटकको चहलपहल तीव्र रुपमा बढेको पर्यटन विभागले जनाएको छ । यसले पर्यटन व्यवसायमा निकै ठूलो उत्साह थपेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
कोभिड–१९ पछि करिब तीन वर्ष पर्यटन व्यवसाय सुस्त रह्यो । तर सन् २०२३ सुरु भएलगत्तै आन्तरिकसँगै बाह्य (विदेशी) पर्यटकको आवगमन बढेको हो । पहिलो पटक ग्रामीण होमस्टे (घरबास सेवा) ले यतिबेला पर्यटकको फ्लो धान्न सकिरहेका छैन,’ होमस्टे एसोसिएसन नेपाल (होसान) गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलले बताए ।


दसैँ, तिहार र छठका अवसरमा एकै पटक आन्तरिक पर्यटक रारा पुग्दा खाने बस्नेको प्रबन्ध गर्न मुस्किल परेको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष एवं होटल व्यवसायी देवीकृष्ण रोकायले बताए ।
यस्तै समस्या सिन्धुपाल्चोकको पाँचपोखरीका पर्यटन व्यवसायीहरूले समेत भोगेका छन् । दसैँ, तिहार तथा छठका बिदाको समयमा एकै पटक ठूलो संख्यामा पर्यटक पाँचपोखरी पुगेपछि त्यहाँका होटल व्यवसाय अस्तव्यस्त बन्न पुगेका हुन् । सीमित होमस्टे तथा होटल व्यवसायीहरूले एकै दिन ६–७ सयको पर्यटक धान्न नसकेको व्यवसायी छिरिङ तामाङले बताए ।


पर्यटकीय क्षेत्र पोखरा, सौराहा, इलाम, जनकपुर, मुस्ताङलगायतका क्षेत्रहरूमा समेत पर्यटकको बाक्लो उपस्थिति रहेको छ । सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा करिब ८ लाख विदेशी पर्यटक नेपाल आिएका थिए । पछिल्लो अक्टोबर महिनामा मात्र एक लाख १७ हजारभन्दा बढी वाह्य पर्यटक नेपाल भित्र्एि जो हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।
सन् २०१९ को तुलनामा गत अक्टोबरमा १०४ प्रतिशतले पर्यटक आगमन रिकभरी भएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताए ।


सन् २०१९ को अक्टोबरमा १ लाख १३ हजार ८१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए –लाख पर्यटक भित्रिसकेकोमा बाँकी नोभेम्बर र डिसेम्बरमा २ लाख पर्यटक सहजै आउने प्रवक्ता लामिछानेको भनाइ छ ।


पर्यटन पूर्वाधार, पर्यटन गन्तव्यहरूको पहिचान र प्रचार–प्रसारसँगै आकर्षणका नीति अपनाउन सके अझै पर्यटक बढ्ने प्रवक्ता लामिछानेको दाबी छ ।