नेपाली कांग्रेसको लेखा समितिले पायो पूर्णता, देउवाले चार सदस्य थपे
काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजक रहेका समितिलाईa सभापति शेरबहादुर देउवाले सोमबार पूर्णता दिएका हुन् ।
सभापति देउवाले समितिमा चार सदस्य धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनित गरी समितिलाई पूर्णता दिएका छन् ।
कांग्रेस नेता दीपकुमार उपाध्याय लेखा समितिको संयोजक हुँदा ढुङ्गाना सदस्य थिए । रजिष्टर्ड अडिटर ढुङ्गाना कांग्रेसको अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाका भाइ हुन् । बस्याल अर्थशास्त्रको प्राध्यापक हुन् । लेखा समितिमा मनोनित अर्का सदस्य नेपाल चाटर्ड एकाउन्टेन्ट हुन् । संयोजक घिमिरेको जिल्लावासी कार्की रजिष्टर्ड अडिटर हुन् ।
कार्की परिवार लामो समयदेखि कांग्रेसमा आवद्ध छन् ।
सभापति देउवाले आफूले सिफारिस गरेका नामका आधारमा सदस्यहरु थपिएको संयोजक घिमिरेले बताए । पार्टीभित्रका समूह नहेरी विज्ञताका आधारमा लेखा समितिका सदस्य थपिएको उनले बताए ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्