२०८१ श्रावण १२

म्यानचेष्टर युनाइटेडद्धारा एभरटन ३–० ले पराजित

काठमाडौं, प्रिमियर लिग अन्र्तगत आइतबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेडले एभरटनलाई ३–० ले पराजित गरेको छ ।
एभरटनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलको तेस्रो मिनेटमै गर्नाचोले एक्रोब्याटिक शैलीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । गर्नाचोको गोल ‘गोल अफ दि सिजन’कै दाबेदारको रुपमा छ ।


युनाइटेडका लागि मार्कुस रासफोर्डले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि एन्टोनी मार्सियलले ७५औं मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरे ।
जितपछि युनाइटेड १३ खेलबाट २४ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । प्रिमियर लिग विरुद्धको प्रोटेस्टका कारण यसअघि नै १० अंक गुमाएको एभरटनको जम्मा ४ अंक छ र १९औं स्थानमा छ ।
लिगकै अर्को खेलमा टोटनहमले अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै एस्टन भिल्लासँग २–१ ले पराजित भयो ।
जिओभानी लो सेल्सोले २२औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर पाउ टोरेसले पहिलो हाफको इन्जुरी टाइममा एस्टन भिलल्का लागि बराबरी गोल गरे ।
खेलको ६१औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै भिल्लाले तीन अंक जोडेको छ ।
जितपछि भिल्ला १३ खेलबाट २८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । लिग लिडर आर्सनलभन्दा भिल्ला २ अंकले मात्र पछि छ । पराजित टोटनहम भने २६ अंकसहित पाँचौ स्थानमा झरेको छ ।