२०८१ श्रावण १२

वर्ल्ड टेनिस टुर जे–३० पोखरा सुरु, ११ राष्ट्रका खेलाडी पोखरामा 

पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वर्ल्ड टेनिस टुर जे–३० पोखरा सुरु भएको छ ।
दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहेको आयोजक संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् ।
महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेवाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा विजेता खेलाडीले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अंक पाउने छ ।