२०८१ श्रावण १२

सम्पर्क विहीन २६ प्रहरीको नाममा सात दिने सूचना

काठमाडौं, नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् ।
सम्बन्धित कार्यालय वा प्रहरी मुख्यलायलाई जानकारी नै नदिई दुई÷तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।
लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ ।
पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन सूचना जारी गरेको छ ।